४ प्रेम+ धीरजी+ र दयालु+ हुन्छ। प्रेमले डाह गर्दैन।+ यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन,+ ५ यसले अभद्र व्यवहार गर्दैन,+ आफ्नै फाइदा खोज्दैन,+ यो आवेशमा आउँदैन।+ यसले खराबीको* हिसाब राख्दैन।+ ६ यो कुकर्ममा खुसी हुँदैन+ तर सत्यमा खुसी हुन्छ। ७ यसले सबै कुरा खप्छ,+ सबै कुरा पत्यार गर्छ,+ सबै कुराको आशा गर्छ+ र सबै कुरा सहन्छ।+८ प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्, ती हराएर जानेछन्; चाहे भाषाहरू* होऊन्, ती लोप हुनेछन्; चाहे ज्ञान होस्, त्यो बिलाएर जानेछ। ९ हामीसित अधुरो ज्ञान छ+ र हामी अधुरै भविष्यवाणी गर्छौँ