“आत्रेयगोत्री बगाले थापाहरु(को) श्री शाके. ११११ (वि.सं. १२४६) मा डोटी काँडा मालिकामा अत्रेयगोत्री त्रिप्रवर, शुक्ल यर्जुवेदी धर्नुवेदी, मध्यान्दिनी शाखाध्यायी श्री कालु थापाको जन्म, कर्म, शिक्षा, दीक्षा राज्य स्थापना वंश विस्तार भयो (योगी, २०४६ः भूमिका) ।” भन्ने भनाइले थापा राज्यको इतिहास शुभारम्भ भएको बताउँछ । “आत्रेयगोत्री बगाले थापा कालु वि.स. १२४६ मा डोटीको राजगद्दीमा बसेको कुरा वंशावलीहरुमा स्पष्ट लेखिएको देख
कालु थापाका ४ भाइ छोराहरुको नाम माथि नै उल्लेख भइसक्यो । “नेपालको एकीकरण, संरक्षण र सम्वद्र्धनमा नेपालका अनेकौ भाइभारदारहरुले आफ्नो रगत र पसिना बगाएका छन् । ती भारदारहरु मध्ये बगाले थापा वंशको पनि महत्वपूर्ण स्थान छ । यो वंशको उद्गम स्थान कर्णाली प्रदेश मानिन्छ । यिनीहरु यहाँबाट पूर्वतिर बसाइ सर्दै गएर गण्डकी प्रदेशमा पुगेको देखिन्छ । यिनीहरु पश्चिमबाट पूर्वतिर सर्दै गएको कुरा थापा वंशावलीमा यस प्रकार उल्लेख गरिएको छ (बानियाँ, २०७०ः३) ।” थापा वंशावलीको विवरण यसप्रकार छ ः “ ....... श्री साकेः ।। ११११ सम्वत् १२४६ साल देषि थापाहरुका सन्तति कुलका आदि कालु थापा हुन ः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिला हुनः ।। जमरिकका कान्छा जसोधर थापा (धर्मराज) हुनः तिनले जमरिकमा राज्य पनि ग¥याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।। .... (योगी, २०१२ः ११९–२०) ।” बगाले थापाको उपस्थिति सर्वप्रथम जुम्लाको सिञ्जा क्षेत्रमा भएको मानिन्छ । यी थापाहरु जुम्लाबाट डोटी, म्याग्दी, लिमिठाना(पर्वत), लमजुङ हुँदै गोर्खा पुगेको पाइन्छ । जुम्लामा छँदा सैनिक भारदारका रुपमा रहेका थापाहरु केही कालखण्ड राजा नै भएर शासन चलाए भने गोर्खा पुगेपछि पुनः राजदरवारको सम्मानित पदहरुमा रहन थालेको पाइन्छ । “थापाहरु खस क्षत्री हुन् । एक थरी मगर थापाहरु पनि हुन्छ । कर्णाली प्रदेशमा थापाहरुको अस्तित्व निकै अगाडि देखि पाइन्छ । विशेष गरेर कर्णाली प्रदेशमा खस मल्ल राजाहरुको बलियो राज्य खडा भए पछि लडाकु गुण भएका थापा वंशजहरुले यस राज्यको भारदारीमा सजिलै स्थान पाएको देखिन्छ । कर्णाली प्रदेशका प्रसिद्ध राजा पृथ्वीमल्ल, अभय मल्लहरुका पालाका अभिलेखबाट उक्त कुरा थाहा पाइन्छ । पृथ्वीमल्ल, अभय मल्लहरुले गरिदिएका ताम्रपत्रहरुमा उल्लेखित भारदारहरुमा थापाहरु पनि हामी पाउँछौं । उदाहरणार्थ वि.सं. १४१३ मा पृथ्वी मल्लले गोहलु जोशीलाई गरिदिएको ताम्रपत्र, अभय मल्लको वि.सं. १४४८ को ताम्रपत्र आदिलाई देखाउन सकिन्छ । पृथ्वीमल्लको पालामा कर्णाली प्रदेशमा थापाहरुले ढुङ्गे धारा आदि बनाई जनहितको काम गरेको उदाहरण पनि पाइन्छ । जुम्ला कालिकोट दरामा रहेको एक ढुङ्गेधारामा श्री शाके १२६० ..... श्री पृथ्वी मल्ल देव ..... चिरंजयतु धर्मभद्र थापा सुकृतम्” भन्ने अभिलेख कुँदिएको छ । अभय मल्लपछि