हस्पिटलमा डाक्टरले बिरामी मरेको भंन्न भ्याएका हुदैन उता बिरामी भेट्न गएकलाई यती हतार हुन्छ फेसबुकमा रिप भनेर पोस्ट गर्न .. हरे कस्तो जमना आयो मेरो बुवा आमले सिकाउनु भएको सस्कारमा कृयापुत्रिलाई छुन हुन्न छोएमा ठुलो दोस लाग्छ भन्नुहुन्थ्यो तर आज भोली आफुलाई आधुनिक सम्झने मानवहरु बाबु आमा कहिले मर्लान र फेसबुकमा मरेको बाउआमाको फोटो हालम्ला भनेर बसेको पनि देख्न पाए । दागबत्ती दिदा पनि फोटो खिच्न पर्नी अनी फेसबुकमा अरुलाई ट्यग गर्न पनि पछी नपर्नी कृपया यस्ता साथीहरुले मलाई ट्याग गर्नी कस्ट नगरदिनुहोला । किनकी तपाईंलाई आफ्नो बाउआमाको मरणमा कत्ती पनी दु:ख छैन भने मलै तपाईंको ट्याग गरेको फोटोमा गाई खाने भाषामा रिप लेख्नलाई कुनै आवस्य्क्ता ठान्दिन ।