मूर्तिपूजाको बारेमा निष्पक्ष विचार(यो लेखको उद्देश्य हिन्दु समाजमा प्रचलित मूर्तिपूजाको दुर्दशालाई सबैका सामु परिचित गराउनु मात्र हो। कृपया निष्पक्ष रूपले आफ्नो प्रतिक्रिया दिनुहोला)मेरा अनेकौं मूर्तिपूजक मित्रहरु छन्। सबैलाई थाहा छ कि मैले मूर्तिपूजा गर्दैन किनकि ईश्वरीय ज्ञान वेदमा मूर्तिपूजालाई अमान्य भनिएको छ। कारण ईश्वर निराकार र सर्वव्यापक छ। त्यसैले सृष्टिको हरेक कण कणमा व्याप्त ईश्वरलाई केवल एक स्थान या कुनै मूर्तिमा मात्र सीमित गर्नु ईश्वरको गुण, कर्म र स्वाभाव विपरीत कर्म हो। ईश्वर हरेक जीवात्मा भित्र पनि वास गर्दछ। ईश्वरको स्तुति, प्रार्थना एवं उपासनाको लागि कुनै मूर्ति अथवा मंदिरको आवश्यकता छैन। त्यसैले आँफै भित्र नै ईश्वरलाई खोज्नु पर्छ।आज एक मित्रले मसंग मूर्तिपूजाको बारेमा आफ्नो शंका व्यक्त गरे। उनले भने कि मूर्तिपूजा अध्यात्म जगतमा सिंढीको प्रथम खुड्किलो हो। जो अल्पमति मानिस छन् उनको लागि मूर्तिपूजाको प्रावधान गरिएको थियो। मैले उत्तर दिएँ कि ठिक छ, सिंढीको पहिलो खुड्किलो पार गरे पछी अर्को खुड्किलो मा निराकार ईश्वरको स्तुति, प्रार्थना एवं उपासना सम्म सबै पुग्नु पर्ने हो। तर हामि कुनै पनि मूर्तिपूजकको यस्तो प्रगति भएको देख्दैनौं। उल्टो उनको अवनति मात्र देख्छौं। उदहारणको लागि वैदिक कालमा केवल निराकार ईश्वरको उपासना गर्ने प्रावधान थियो। मध्यकालमा वाम मार्ग हुँदै बुद्ध र जैन मतावलम्बीहरुले भूतपूजा आरम्भ गरे। उनीहरुलाई देखेर नै श्रीराम र श्रीकृष्णको मूर्ति बनाएर पूज्न थालियो। मध्य काल कै अग्रिम भागमा विभिन्न पुराणहरुको रचना भयो। जसबाट अनेकौं कपोलकल्पित अवतारहरु प्रचलित भए। ति विभिन्न अवतारहरुको मूर्ति बन्न थाले। कालांतरमा अनेकौं देवि-देवताहरुको प्रवेश भयो। मूर्तिपूजामा विभिन्न मत-पन्थ तथा सम्प्रदायका प्रवर्तकहरु, गुरुहरु आदि जोडिदै गए।..क्रमशः.