यही असार १७ गते ललितपुरमा एउटा स्कूलको पर्खाल भत्केर २ जना छात्राहरुको मृत्यु र २४ जना घाइते भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । प्राप्त जानकारी अनुसार स्कूलका नजिकै बिना स्वीकृति बन्न थालेको प्लेटिङको पर्खाल भत्केर त्यसले च्यापेर नै स्कूलको पर्खाल भत्केको थियो र त्यो दुःखद घटना घटेको थियो ।